रामेछापको मतपरिणाम ४ दिनमा आउने, मतगणनास्थलमा सिसि क्यामेरा र तार जाली



२० मंसिर, रामेछाप ।
रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणाम चार दिनमा आउने भएको छ । रामेछापमा मंसिर २५ गते प्रतिनिधिसभा र प्रदेशसभा मत परिणाम आउने गरी मतगणना गर्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।
मुख्य निर्वाचन अधिकृतको कायालयका सहायक अधिकृत मधु पोख्रेलले प्रतिनिधिसभाको दुई समुह र प्रदेशसभाको एक एक स्थानमा मतगणना हुने बताए । उनका अनुसार कम्तिममा चार दिनभित्र मतगणना सम्पन्न हुनेछ ।
उनले रामेछाप न्युजसँग भने,‘हामीले दैनिक वीस हजार भन्दा बढी मतगणना गर्ने लक्ष्य लिएका छौ, स्थानीय तहको भन्दा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना गर्न सहज छ ।’ मत गणनास्थलमा राजनीतिक दलका उम्मेदवारको तर्फबाट एक जना प्रतिनिधि रहने छन् । प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएपछि मात्र समानुपातिक तर्फको मतगणना गर्ने उनले जानकारी दिए ।

 
भोली साँझ ५ बजेपछि मतगणना हुने भएको छ । मतगणनाको लागि कार्यविधि भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले विहिवार बिहान ८ बजेको लागि सर्वदलिय बैठक बोलाएको छ । चार समुहमा बिभाजन गरी मतगणना गरिने गरिने मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक अधिकृत मधु पोख्रेलेले रामेछाप न्युजलाई जानकारी दिए ।
मंसिर १० गते आईतबार भएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा रामेछापमा ८९ हजार ५ सय ८७ मत खसेको छ । जसमा ४४ हजार १ सय १४ महिला र ४५ हजार ७ सय ७३ पुरुष रहेका रहेका छन् ।
१ लाख ५२ हजार ५ सय ५९ जना मतदाता रहेको रामेछापमा ५८.७२ प्रतिशतले मतदाताले मात्रै मत व्यक्त गरेका थिए । जिल्ला मातपोत कार्यालयमा राखिएको मतपेटिका रहेको कार्यालयभित्र नै मतगणना गर्ने स्थान बनाइएको छ । मतगणनास्थलमा सिसि क्यामेरा र तार जाली राख्ने कार्य सम्पन्न भएको छ । मतगणनास्थलमा मातपोत कार्यालयकै सिसि क्यामेराको प्रयोग हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्