निर्वाचन आयोगले भन्यो–भोली हुने निर्वाचनमा ७५ प्रतिशत मख खस्छ



२० मंसिर, काठमाडौं ।
भोली हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन आयोगले मतदातालाई निधक्क भएर मतदान गर्न आह्वान गरेको छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सबै व्यवस्थापकीय कार्य पूरा भएको जनाएको छ ।
आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्धक्क भई मतदान गर्न आम मतदातालाई आह्वान गरेका छन् ।
भोलि ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशभसभा २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन गइरहेको छ । ती निर्वाचन क्षेत्र राखिएका सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने छन् ।

पहिलो चरणको निर्वाचन मंसिर १० मा सम्पन्न भइसकेको छ । पहिलो चरणको निर्वाचनमा करिब ६५ प्रतिशत खसेको थियो । भोलि ७५ प्रतिशतभन्दा माथि मत खस्ने आयोगले प्रारम्भिक अनुमान लगाएको प्रमुख आयुक्त यादवले बताए ।
पहिलो हुने निर्वा्चित हुने प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि दुई हजार ८१९ उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका आयोगले जनाएको छ ।

यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार निर्वाचनमा होमिएका छन् । उनले मतदाताले प्रदान गरेका मतलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयसम्म सुरक्षितरुपमा पु¥याउन राजनीतिक दल र तिनका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्