रामेछापमा बुथ अनुसार मतगणना गर्ने सर्वदलिय बैठकको निर्णय



२१ मंसिर, रामेछाप ।
रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना बुथ अनुसार गणना गर्ने सहमति भएको छ । आज बसेको सर्वदलिय बैठकले मत एकै ठाउँमा नमिसाइ बुथ अनुसार नै गणना गर्ने सहमति गरको हो ।


मुख्य निर्वाचन अधिकृतको कार्यालयले बोलाएको बैठकमा रामेछापका प्रतिनिधिसभाका र प्रदेशसभाका उम्मेदवार र राजनीतिक दलहरुको सहभागीता रहेको थियो । बैठकमा सहभागी माओवादी केन्द्रका नेता टंकलाल घिसिङ टकलले बुथ अनुसार नै मगणना गर्ने र एउटा बुथको मगणना सम्पन्न भएपछि मत परिणाम सार्वजनिक गर्ने सहमति भएको बताए । उनले मतगणनास्थलमा उम्मेदावारका चार जना प्रतिनिधि रहने सहमति भएको छ ।


जुन संकलन गरेर राखिएको ठाउँमा जुन बुथको अगाडि मेतपेटिका आउछ सोही अनुसार मतगणना गर्ने सहमति भएको माओवादी केन्द्रका जिल्ला इन्चार्ज धावा लामाले जानकारी दिए ।
रामेछापमा ९० मतदानस्थल र १९१ मतदान केन्द्रमा मतदान भएको थियो । जिल्लामा ५७३ वटा मतपेटिका रहेको छ । चार दिनभित्र मतपरिणाम घोषणा गर्ने गरी मतगणना गर्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्