रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सुरु



२१ मंसिर, रामेछाप ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीतमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंसिर ११ गते मतपेटिकामा गरेको सिल खोलेर मतगणना कार्य सुरु भएको छ । प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा प्रतिनिधि सभा सदस्यको मतगणना २ स्थानमा र प्रदेश सभा तर्फ को २ वटा क्षेत्रको मतगणना १÷१ स्थानमा हुने भएको छ ।
मतगणनाको परिणाम एउटा बुथ गणना सम्पन्न भएलगत्तै सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक अधिकृत मधु पोख्रेलले रामेछाप न्युजलाई जानकारी दिए । मतगणना सुरु हुनु अघि बाम गठबन्धनले लगाएको ताल्चा खोलेका थिए ।


कुल १ लाख ५२ हजार ५ सय ५९ मतदाता रहेको रामेछाप मंसिर १० गते सम्पन्न निर्वाचनमा ८९ हजार ५ सय ८७ मत खसेको थियो । प्रतिनिधिसभा सदस्यको लागि बाम गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामुकमार श्रेष्ठ, नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) उम्मेदवार रहेका छन् ।
त्यसैगरी दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रामेछापमा प्रदेशसभा क्षेत्र नम्बर १ मा एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल र नेपाली कांग्रेसका नेता रत्न कार्की उम्मेदवार रहेका छन् । रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका नेता कैलाश ढुंगेल र नेपाली कांग्रेसका नेता जितबहादुर थापामगर उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्