रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ को मत परिणामः पौडेलको अग्रता



२१ रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ को मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार बाम गठबन्धनका साझा उम्मेदवार एमालेका शान्ति पौडेलले सुरुवाती अग्रता लिएका छन् ।

मत परिणाम अनुसार एमालेका उम्मेदवार पौडेलले ३६५ र नेपाली कांग्रेसका रत्न कार्कीले २७८ मत प्राप्त गरेका छन् । ६२ म्त बदर भएको छ । उमाकुण्ड गाउँपालिकास्थित जनता माविको मतदान केन्द्रको मत परिणाम सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्