रामेछापमा प्रतिनिधिसभा मतपरिणामः श्यामकुमार श्रेष्ठ ५५४, कान्छाराम तामाङ ३५४



२१ मंसिर, रामेछाप ।

रामेछापको प्रतिनिधिसभा निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार बाब गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठले ५५४ र नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले ३५४ मत प्राप्त गरेका छन् ।


रामेछापका दोरम्बा गाउँपालिकाको थापागाउँ र उमाकुण्ड गाउँपालिकाको कुबु मतदान केन्द्रको मतगणना अनुसार बाम गठबन्धनले सुरुवाती अग्रता लिएको छ । कान्छाराम भन्दा श्रेष्ठले २ सय मतले अग्रता लिएका छन् ।

प्रदेशसभा क्षेत्र नम्बर १ मा बाम गठबन्धनमा उम्मेदवार एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेलले ३६५ र नेपाली कांग्रेसका रत्न कार्कीले २७८ मत प्राप्त गरेका छन् । त्यसैगरी दुई वटा मतदान केन्द्रका मत गणना गर्दा प्रदेशभा क्षेत्र नम्बर २ मा बामगठबन्धनमा साझा उम्मेदवार कैलाश ढुंगेलले २१८ र नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर थापामगरले १९१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्