रामेछापको प्रदेशसभा १ मा पौडेलको अग्रता कायमै
२१ मंसिर, रामेछाप ।
रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ को मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार बाम गठबन्धनका साझा उम्मेदवार एमालेका शान्ति पौडेलले सुरुवाती अग्रता कायमै राखेका छन् । मत परिणाम अनुसार एमालेका उम्मेदवार पौडेलले १०९० र नेपाली कांग्रेसका रत्न कार्कीले ८८३ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।