श्यामकुमार श्रेष्ठ २ हजार मतले अगाडि



२२ मंसिर,रामेछाप ।
रामेछापको प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार माब गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठले ५६२२ र नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले ३५९८ मत प्राप्त गरेका छन् ।  २ हजार मतले श्रेष्ठले अग्रता लिएका छन् । मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्