पूर्वी रुकुमबाट माओवादी केन्द्रको विजय सुरुवात



२२ मंसिर, रुकुम ।

पूर्वी रुकुममा प्रतिनिधिसभामा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छिन् ।रोकाले निकटम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ठूलो अन्तरले पछि पारिन् । रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४४०६ मत ल्याए । त्यस्तै नयाँ शक्तिले पनि रुकुममा १४८९ मत ल्यएको छ ।

उनी नेकपा माओवादीकी मात्रै होइन यसपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने पहिलो महिला पनि हुन् ।पूर्वी रुकुममा मंसिर १० गते मतदान भएको थियो र बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्