३ सिटमा बाम गठबन्धन विजयी, दुई तिहाइभन्दा बढी क्षेत्रमा अग्रता कहाँ को अगाडि ? (सूचीसहित)



२२ मंसिर, काठमाडौं ।

मंसिर १० गते चुनाव भएका ३२ जिल्लाका ३७ स्थान को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ भने तीन स्थानको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।  प्रतिनिधि सभामा एमाले उम्मेदवार मनाङ र मुस्ताङमा विजयी भएका छन्। माओवादी केन्द्र रुकुम पूर्वमा विजयी भएको छ।

प्रदेशतर्फ पनि तीन क्षेत्रको परिणाम अाएको छ। का‌ग्रेसले मनाङमा एउटा प्रदेश सभा जितेको छ। मनाङमै गुन्डा नाइके भनेर चिनिएका स्वतन्त्र उम्मेदवार दीपक मनाङ विजयी भएका छन्। मुस्ताङमा एमालेले एक प्रदेश सभा जितेको छ भने अर्कोमा पनि उसैको अग्रता छ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभाका मतगणना जारी ३६ मध्ये १८ सिटमा एमाले उम्मेदवारले अग्रता लिएका छन्।वाम गठबन्धनको अर्को दल माओवादी केन्द्रका ११ उम्मेदवार अगाडि छन्।

कांग्रेस उम्मेदवार पाँच ठाउँमा अगाडि छन्। हुम्लामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्। गोरखा-२ मा नयाँशक्तिका बाबुराम भट्टराईको अग्रता छ।

यी हुन् एमालेले अग्रता लिएका क्षेत्र
१.सिन्धुपाल्चोक २

२. मुगु

३.डोल्पा

४. दार्चुला

५.बझाङ

६. म्याग्दी

७. बाग्लुङ १

८. मनाङ

९.नुवाकोट–२

१०‍. धादिङ–१

११. धादिङ –२

१२. दोलखा

१३. सोलुखुम्बु

१४. ओखलढुङ्गा

१५. ललितपुर २

१६. ताप्लेजुङ

१७. पाँचथर

१८. खोटाङ

माओवादी केन्द्रले अग्रता लिएका क्षेत्र

१. रोल्पा

२. बाग्लुङ २

३. गोरखा १

४. भोजपुर

५. कालिकोट

६. जाजरकोट

७. रुकुम (पश्चिम)

८.सिन्धुपाल्चोक १

९. रामेछाप

१०.लमजुङ

११. बैतडी

१२ जुम्ला

कांग्रेसले अग्रता लिएका क्षेत्र

१. बाजुरा

२.नुवाकोट–१

३. रसुवा

४. संखुवासभा

५.ललितपुर ३

प्रतिक्रिया दिनुहोस्