रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभाको यस्तो छ ताजा मतपरिणाम



२२ मंसिर, रामेछाप ।
रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगनणा जारी छ । पछिल्लो १७ घण्टाको मतपरिणाम अनुसार बाम गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधिसभा तर्फ श्यामकुमार श्रेष्ठले अग्रता लिएका छन् । श्रेष्ठले ६७५२ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले ४७६० मत प्राप्त गरेका छन् ।
त्यसैगरी प्रदेशसभा क्षेत्र नम्बर १ मा पनि बाम गठबन्धले नै अग्रता लिएको छ । शान्ति पौडेलले ३९५५ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार रत्न कार्कीले २७५८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्