रामेछापमा १८ घण्टामा १४ हजार मतगणना



२२ मंसिर, रामेछाप ।
रामेछापमा मतगणना सुरु भएको १८ घण्टामा १५ हजार मतगणना भएको छ । रामेछापमा मंसिर १० गते सम्पन्न निर्वाचनमा ८९ हजार ५ सय मतदान भएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार १८ घण्टामा प्रतिनिधिसभा तर्फ १५ हजार र प्रदेशसभा १ र २ मा सात/सात हजार मतगणना भएको छ । अब रामेछापमा ७४ हजार मतगणना गर्न बाँकी छ ।


रामेछापमा पछिल्लो मतपरिणाम अनुसार बाम गठबन्धले अग्रता लिएको छ । बाम गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठले ७४५८ र नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम)ले ५१५२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्