रामेछापमा कान्छारामलाई पछि पार्दै श्यामकुमार श्रेष्ठले लिए अग्रता



२२ मंसिर, रामेछाप ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतपरिणाम अनुसार रामेछापमा बाम गठबन्धनले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार बाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अग्रता लिएको हो । अहिलेसम्म रामेछापमा अहिलेसम्म १५ हजार भन्दा बढी मतगणना सम्पन्न भएको छ ।

जस अनुसार बाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार श्यामकुमार श्रेष्ठले ८४७४ र कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले ६१११ मत प्राप्त गरेका छन् । श्रेष्ठले २३ सय मतले अग्रता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्