बहुचर्चित बेथानमा यस्तो आयो प्रतिनिधिसभाको मतपरिणाम



२२ मंसिर, रामेछाप ।
निर्वाचनको क्रममा बहुचर्चित सुनापति गाउँपालिका–४ बेथानस्थित बेथानको गाविस भवनको मतदान केन्द्रको मतपरिणाम सार्वजनिक भएको छ ।
१४ सय २९ मत खसेको उक्त मतदान केन्द्रमा प्रतिनिधिसभाका उम्मेदवार माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठले ८५३ मत ल्याएका छन भने कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङले ५२० मत प्राप्त गरेका छन् । कांग्रेसले उक्त मतदान केन्द्रबाट एक हजार मत आउने दावी गरेको थियो ।

कम्युनिष्टहरुको उदमस्थल डहुमा कांग्रेसका कार्यकर्ताहरुले बाम गठबन्धनले आयोजना गर्ने पूर्व घोषित कार्यक्रम प्रशासनको आडमा रोकेको थियो । बाम गठबन्धनले मंसिर ५ गते पूर्व घोषित कार्यक्रम विथोल्न कांग्रेसले पनि साविक गाविस भवनको चौरमा नै कार्यक्रम राखेपछि प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गरेर बाम गठबन्धनलाई कार्यक्रम गर्न रोक लगाएको थियो ।

प्रशासनकै कारण प्रतिनिधिसभाका उम्मेदवार श्यामकुमार श्रेष्ठ बेथानका जनतासँग भोट माग्नबाट बञ्चित हुनु परेको थियो । गाविस भवन मतदान केन्द्रबाट २१ मत हसियाँ र तारामा, १९ मत बदर, ३ मत हलोमा, ४ मत मुठ्ठीमा ४ मत खाली रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्