जनार्दन शर्मा दोब्बर बढी मतले विजयी



२२ मंसिर, रुकुम ।

रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा अत्यधिक मत प्राप्त गरी विजयी भएका छन् ।

शर्माले १८७४३ मत अन्तरले नेपाली कांग्रेसका गोपालजी जंग शाहलाई पराजित गरेका हुन ।उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शाहले १५६५९ मत ल्याएर दोब्बर बढी मतले पराजित भएका हुन् ।

यस अघि नै रुकुम पूवबाट पूर्व जनमुक्ती सेनाका कमाण्डर कमला रोका विजयी भई सकेकी छिन्शर्माको जितसँगै नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा दुई स्थानमा विजयी हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्