रामेछापको मतगणनामा ढिलाई, अझै आधा भन्दा बढी मतगणना गर्न बाँकी



२३ मंसिर, रामेछाप ।
रामेछापमा जारी प्रतिनिधिसभा र प्रदेशसा निर्वाचनको मतगणना कार्यमा ढिलाई भएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा मतगणना सुरु भएको दुई दिनको अवधिमा आधा पनि मतगणना हुन सकेको छैन् । रामेछापमा ८९ हजार ५ सय मत खसेको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार बिहान ८ बजेसम्म प्रतिनिधिसभा तर्फ जम्म ३४ हार ८ सय ६ गणना भएको छ । अझै ५४ हजार मतगणना गर्न बाँकी रहेको छ ।

दुई दिनको अवधिमा रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ मा २१ हजार ९ सय ७२ मतगणना भएको छ भने प्रदेशसभा क्षेत्र नम्बर १ मा १७ हजार ५ सय १२ मत गणना भएको छ । मतगणना परिणाम अनुसार बाम गठबन्धनले नै अग्रता लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्