रामेछापमा ४ गाउँपालिकाको मतगणना सकियो, दुई गाउँपालिका र दुई नगरपालिका गणना हुँदै



२३ मंसिर, रामेछाप ।
रामेछापमा दुई दिनको अवधिमा चार वटा गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ को उमाकुण्ड र गोकुलगंगा गाउँलिकामा मतगणना कार्य सम्पन्न भएर लिखु गाउँपालिकाको मतगणना सुरु भएको छ ।
त्यसैगरी प्रदेशसभा क्षेत्र नम्बर २ को दोरम्बा र सुनापति गाउँपालिकाको मतगणना सम्पन्न भएर खाँडादेवी गाउँपालिकाको मतगणना भइरहेको छ । अब खाँडादेवी र लिखु गाउँपालिकाको मतगणना सम्पन्न गरेर मन्थली र रामेछाप नगरपालिकाको मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयल रामेछापले बताएको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार खाँडादेवी र लिखु, र मन्थली नगरपालिकामा बाम गठबन्धनले अग्रता लिने अनुमान गरिएको छ भने रामेछाप नगरपालिकामा बाम गठबन्धन र कांग्रेसले नै आ–आफ्नै दावी गर्दै आएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठले चार हजार मतले अग्रता लिएका छन् । श्रेष्ठले २१६७२ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले १७५५८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्