चुनाव जितेपछि गगन थापाले घोषणाःकांग्रेसलाई पुनःसंरचना गर्छु



२३ मंसिर, काठमाडौं ।
काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कांग्रेसलाई पुनःसंरचना गर्ने बताएका छन् ।

कांग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भए पनि यस्ता आरोह अवरोह पार्टीको जीवनमा धेरै आइरहेकाले निराश नहुन पनि उनले आग्रह गरेका छन् । निर्वाचित भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र रातोपुलमा काँग्रेसको वडा समितिले आयोजना गरेको विजयसभामा नेता थापाले आफ्ना मतदातालाई धन्यवाद दिँदै अबको कार्यकाललाई समृृद्धिको कार्यकाल बनाउने प्रतिबद्धता व्यक्त गरे ।


उनले शिक्षा र स्वास्थ्यमा सबैको समान पहुँच, विदेशिएका नेपालीलाई स्वदेश फर्काउने र बस्नयोग्य काठमाडौ बताउने बताए ।
आफूसँगै प्रतिस्पर्धा गरेका एमालेका डा राजन भट्टराई र विवेकशील साझाकी सुवुना बस्नेतलाई उहाँले समृद्धिका लागि मिलेर काम गर्न आह्वान गरे ।
थापाले आफ्ना निकटतम प्रतिद्वन्द्वी राजन भट्टराईलाई तीन हजार ४११ मतको अन्तरले पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्