रामेछापमा ४५ हजार मतगणना सकियो, आधा बाँकी कहिले आउला परिणाम ?



२३ मंसिर, रामेछाप ।
रामेछापमा दुई दिनको अवधिमा ४५ हजार मतगणना मात्र सम्पन्न भएको छ । ८९ हजार ५ सय मत मध्ये अझै पनि आधा मत गणना गर्न बाँकी रहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार आधा मात्र मत गणना गरिएको जनाएको छ । सकेसम्म भोली बुलुका नभए पर्सीको दिनसम्म मतपरिणाम सार्वजनिक हुने आकलन गरिएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार बाम गठबन्धन निकै अगाडि रहेको छ भने कांग्रेसले पछ्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्