कान्छारामलाई जवाफ दिएका श्यामकुमार श्रेष्ठ ५८ सय मतले अगाडि



२३ मंसिर, रामेछाप ।
रामेछापमा बाम गठबन्धनले अग्रता कायम राखेको छ । पछिल्लो मतपरिणाम अनुसार नै बाम गठबन्धनले नै फराकिलो अन्तर बनाउदै लगेको छ । पछिल्लो मतपरिणाम अनुसार श्रेष्ठ ५ हजार ८ सय मतले अग्रता लिएका छन् । मन्थली नगरपालिकाको मतगणना सुरु गरेपछि श्रेष्ठले अग्रता बढाउदै लगेका छन् । कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छाराम भने पछिल्लो मतपरिणाम अनुसार निकै पछि परेका छन् ।

रामेछाप न्युजः प्रतिनिधिसभा तर्फ
नेकपा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठः२९६३१
नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ कान्छारामः२३७५९

प्रतिक्रिया दिनुहोस्