रामेछापको प्रदेशसभा २ मा कैलाश ढुंगेल दोब्बर मतले विजयी



२४ मंसिर, रामेछाप ।
रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ मा बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका नेता कैलाश ढुंगेल दोब्बर मतले विजयी भएका छन् । ढुंगेलले निकटकम प्रतिदन्द्धी नेपाली कांग्रेसका उम्मेववार जितबहादुर थापामगरलाई पराजित गर्दै विजयी भएका हुन् ।


ढुंगेलले २६ हजार ९ सय ३५ र कांग्रेसका उम्मेदवार थापामगरेले १४ हजार ७ सय २९ मत प्राप्त गरेका थिए । मतगणनाको सुरुवातदेखि नै ढुंगेलले अग्रता लिएका थिए ।

संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन समिति प्रदेश सभा २ का संयोजक माओवादी केन्द्रका नेता टंकलाल घिसिङ ‘टकल’ले बाम गठबन्धनलाई अत्याधिक मतदान गरी विजयी गराउन भूमिका खेल्ने सबै मतदातालाई धन्यवाद दिएका छन् । प्रदेशसभा २ मा करिब ८० हजार मतदाता मध्ये ४७ हजार मत खसेको थियो ।

निर्वाचित भएपछि ढुंगेलको यसो भने–

ूमलाइ रामेछाप जिल्ला प्रदेश २ ‘ख’बाट प्रदेश सभा सदस्मा निर्बाचित गर्नुहुने सम्पूर्ण आदरणीय मतदाताहरुप्रति आभार ब्यक्त गर्दछु।तपाइहरुले मतदान गर्नुभएको अमुल्य मत र उक्त मतसंगै ब्यक्त भावना ‘आर्थिक समृद्धि, दिगो सरकार, सबल राष्ट्र र सामाजिक न्याय सहितको आर्थिक सामाजिक ब्यबस्था’ लाई म सधै शिरोधार्य गर्नेछु । चुनाबी अभियानको क्रममा म भन्दा बढी खट्नुहुने रामेछापको नेकपा एमालेको सिङो नेतृत्व पंक्ति, नेकपा माओबादी केन्द्रको नेतृत्व पंक्ति, दुबै पार्टीका वडा तह संम्मका नेताहरु,सम्पूर्ण स्थानीय जनप्रतिनिधिहरु एवं आमजनताप्रति आभार प्रकट गर्दछु।

निर्वाचनमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुहुने रास्ट्रसेबक कर्मचारी,शुरक्षा निकाय,संचार संचार मिडिया, निर्बाचन कार्यालयलाइ शान्तिपूर्ण वातावरणमा आफ्नो कार्य सम्पन्न गर्नु भएकोमा धन्यबाद दिन चाहान्छु । यो हाम्रो जीतमा जनताको खुशी र ऐतिहासिक चहना गासिएको हामीले बुझेका छौ र पार्टी एकता सम्मको योजनामा छौ।

यो हाम्रो जितले हाम्रो पार्टी भित्रको चट्टानी एकता र चोखो बाम गठबन्धनले एउटा अनगिन्ती प्रश्नहरुको अग्नीपरीक्षा प्रथम श्रेणीमा उतिर्ण गरेको छ र भबिश्यमा अझ झन एकताबध्द हुन प्रेरणा प्राप्त गरेको अनुभुती भएको छ । यसप्रती भ्रमको खेती गर्नेहरुलाई चेतना आएको हुनुपर्छ यदि आएको छैन भने भबिश्यमा आउने नै छ । चुनावमा हामी संगै प्रतिस्पर्धा गर्ने अन्य राजनीतिक दलहरुको भूमिकाको उच्च सम्मान गर्दै आगमी दिनहरुमा सधै सहकार्य ,परामर्श र रचनात्मक सहयोगको अपेक्षा गर्नेछु ।

प्रतिक्रिया दिनुहोस्