समृद्ध रामेछाप निर्माणमा लाग्छुः श्यामकुमार श्रेष्ठ



रामेछापबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेकपा माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठले रामेछापलाई समृद्ध बनाउने अभियानमा लाग्ने बताएका छन् । विजयी भएपछि रामेछाप न्युजसँग कुराकानी गर्दै श्रेष्ठले निर्वाचनको क्रममा बाम गठबन्धनले अगाडि सारेको एजेण्डालाई कार्यान्वयन गर्ने बताएका छन् । उनले आफूलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराउन भूमिका खेल्ने आदरणीय रामेछापवासीलाई धन्यवाद दिएका छन् ।


चुनावी अभियानको क्रममा मलाई निर्वाचित गराउनको लागि अहोरात्र खटिनु हुने नेकपा माओवादी केन्द्र्रको सिंगो नेतृत्व पत्ति, नेकपा एमालेको सिङो नेतृत्व पंक्ति, दुबै पार्टीका सम्पूर्ण सहयोद्धा साथीहरु वडा तहसंम्मका नेताहरु,सम्पूर्ण स्थानीय जनप्रतिनिधिहरु एवं आमजनताप्रति आभार प्रकट गर्दछु, उनले भने ।

निर्वाचनको क्रममा महत्वपूर्ण भुमिका निर्बाह गर्नुहुने राष्ट्रसेवक कर्मचारी,शुरक्षा निकाय, पत्रकार साथीहरु, निर्वाचन कार्यालयप्रति पनि श्रेष्ठले धन्यवाद व्यक्त गरे । विगतमा झै यस पटक पनि आफूलार्ई विजयी गराउनु हुने रामेछापवासी भावना र चाहना अनुसार नै अगाडि बढने प्रतिबद्धता व्यक्त गर्दै श्रेष्ठले भने,‘रामेछापलाई समृद्धि बनाउने अभियान पूरा गर्ने रातदिन नभनी लाग्छु, यसमा सबैको साथ र सहयोगको अपेक्षा गर्दछु ।’ निर्वाचनमा बाम गठबनधनसँग प्रतिस्पर्धा गर्ने राजनीतिक दलहरुसँग आगामी दिनमासहकार्य परामर्श गरेर नै अगाडि बढने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्