प्रतिनिधिसभामा बाम गठबन्धनको दुई तिहाई



२५ मंसिर, काठमाडौं ।
प्रतिनिधिसभाको १६५ सिटमध्ये सोमबार विहानसम्म १४३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा वाम गठबन्धन प्रत्यक्षतर्फ दुई तिहाई नजिक पुगेको छ । मतगणना जारी रहेका २२ मध्ये १२ स्थानमा वाम गठबन्धनको अग्रता रहेकाले दुई तिहाई निश्चित भएको हो ।

पछिल्लो परिणाम अनुसार नेकपा एमाले एक्लैले हालसम्म ७४ सिट जितेको छ । यसमा सूर्य चिन्ह लिएर चुनाव जितेका हृदेश त्रिपाठी र बृजेश कुमार गुप्ताको स्वतन्त्र मधेशी समूह पनि जोडिएको छ । प्रत्यक्षतर्फ दुई तिहाइ ल्याउन वामपन्थीले ११० सिट जित्नुपर्छ ।

एमालेले ७ ठाउँमा अग्रता लिइरहेको छ । अग्रता लिनेमा सुनसरी ३ मा भगवती चौधरी, संखुवासभामा राजेन्द्र गौतम र काभ्रेपलान्चोक २ मा गोकुल बास्कोटा छन् । त्यस्तै, स्याङ्जा १ मा नारायण मरासिनी, स्यांजा २ मा पद्मा अर्याल, कैलाली २ मा झपट रावल र कञ्चनपुर ३ मा दिपकप्रकाश भट्टले अग्रता लिइरहेका छन् ।

प्रत्यक्षतर्फ दोस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । माओवादीले हालसम्म ३१ सिट जितेर ५ ठाउँमा अग्रता लिइरहेको छ । सर्लाही ३ मा रामेश्वर राय, चितवन ३ मा प्रचण्ड, अर्घाखाँचीमा टोपवहादुर रायमाझी, धनुषा १ मा मात्रिका यादव र सिरहा २ मा सुरेशचन्द्र दासले अग्रता लिइरहेका छन् ।

२०७० सालको निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेस प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तेस्रो स्थानमा खुम्चिएको छ । उसले अहिलेसम्म १७ सिटमा विजय हासिल गर्दा ३ ठाउँमा अग्रता लिइरहेको छ । यी सबै ठाउँमा जित्दा पनि उसले २५ सिटभित्र सीमित हुनुपर्ने देखिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन–३ बाट भारी मतको साथ विजयी हुनुभएको हार्दिक बधाई एवं सफल कार्यालयका शुभकामना ।

प्रतिक्रिया दिनुहोस्