बेथानमा पहिलो विजयी सभा गर्ने बाम गठबन्धनको निर्णय



२५ मंसिर,रामेछाप ।
रामेछापमा बाम गठबन्धनले पहिलो चुनावी विजयी सभा सुनापति गाउँपालिका–४ बेथानमा गर्ने निर्णय गरेको छ । बाम गठबन्धले निर्वाचनको प्रचार प्रसारको क्रममा पूर्व निर्धारित कार्यक्रममा प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको बेथानमा पहिलो विजयी सभा गर्न लागेको हो ।

रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ मा पहिलो विजयी सभा बेथानको साबिक गाविस भवनमा गर्ने निर्णय भएको माओवादी केन्द्रका नेता टंकलाल घिसिङ ‘टकल’ले बताए । अहिलेको परिवर्तन ल्याउनको लागि बेथानले गरेको वलिदानको सम्मान स्वरुप पहिलो कार्यक्रम उनले जानकारी दिए ।
यस्तो छ बाम गठबन्धन प्रदेशसभा क्षेत्र नम्बर २ को कार्यतालिका (सूचीसहित)

प्रतिक्रिया दिनुहोस्