रामेछापमा समानुपातिक तर्फको मतगणना सकियो, को बन्ला समानुपातिक सांसद ?



२६ मंसिर, रामेछाप ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तीन वटै सिटमा जित हासिल गरेको बाम गठबन्धनले समानुपातिक तर्फको मतगणनामा पनि अग्रता हासिल गरेको छ । रामेछापमा प्रतिनिधिसभा र प्रदेश सभाको मतगणना कार्य सम्पन्न लगत्तै सुरु भएको समाानुपातिक तर्फको मतगणनाको परिणाम दुई दिनमै अ ाएको छ । मतगणना परिणाम अनुसार नेकपा एमालेले नै अग्रता हासिल गरेको छ ।

समानुपातिकको प्रतिनिधिसभा तर्फ एमालेले २६ हजार ८ सय ५२, प्रदेशसभा सभा तर्फ २६ हजार १ सय २ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले प्रतिनिनिधि सभातर्फ २६ हजार ६ सय २७ र प्रदेश सभा तर्फ २३ हजार ८ सय ६५ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा तर्फ १९ हजार ४ सय ३६ र प्रदेशसभा तर्फ १८ हजार ७ सय ४८ मत प्राप्त गरेका छन् ।
एमालेले समानुपातिक तर्फको सूचीमा नेकपा एमालेका सचिव आनन्द श्रेष्ठलाई राखेको छ भने प्रतिनिधिसभा तर्फ भने एमालेका नेता चुडादेव सिंह घिसिङलाई बन्द सूचीमा समावेश गरेको छ ।

माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ मैनकुमार मोक्तान र प्रदेशसभा तर्फ पूर्व सभासद लक्ष्मी गुरुङलाई समानुपातिक तर्फको बन्द सूचीमा समावेश गरेको छ । रामेछापबाट चार मध्ये को सांसद बन्ने भन्ने देशभरीकै समानुपातिक मतपरिणामले नै निर्धारण गर्र्नेछ । चुडादेव घिसिङ, श्रेष्ठ र गुरुङको नाम पनि समानुपातिकको अग्र भागमा गरेको छ । रामेछापबाट समानुपातिकमा कांग्रेसले भने कसैलाई पनि समानुपातिक तर्फको बन्द सूचिमा समावेश गरेको छैन् ।

समानुपातिक तर्फ कसले कहाँबाट कति मत प्राप्त गरे (सूचिसहित)

 

प्रतिक्रिया दिनुहोस्