निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार रामेछापको विकास गछौःश्रेष्ठ



२७ मंसिर, रामेछाप ।
रामेछापबाट प्रतिनिधि सभाका नवनिर्वातित सांसद एवं नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठले निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धता अनुसार नै काम गर्ने बताएका छन् । विजयी भएपछि रामेछापको वाम्ती भण्डारमा आयोजित विजयी सभालाई सम्बोधन गर्दै सांसद श्रेष्ठले समृद्धि रामेछाप निर्माणको लागि प्रतिबद्ध भएर लाग्ने बताएका हुन् ।

उनले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतीकरण रोजगारी आफूहरुको प्राथमिकता रहेको बताए ।
कार्यक्रममा रामेछाप रामेछाप एमालेका जिल्ला अध्यक्ष समेत रहेका प्रदेश सभा क्षेत्र नम्बर २ का सांसद शान्ति पौडेलले जिल्लाको विकासको लागि मन बचन र कर्मबाट काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विजयीपछि जनतालाई धन्यवाद दिदै सांसद श्रेष्ठ र पौडेल (फोटोफिचर)

 

प्रतिक्रिया दिनुहोस्