डेउ समाजद्धारा सप्तरीका बाढी पीडितलाई जस्तापाता वितरण



२७ मंसिर, काठमाडौं ।
तराईको विभिन्न जिल्लामा गएको बाढीपहिरोबाट प्रभावित पीडितहरुलाई डेउ नेपाली एकता समाज गजेदो दक्षिण कोरियाले सहयोग गरेको छ । विगतदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको समाजले बाढी पीडितहरु सहयोग गरेको हो । पीडितहरुलाई लक्षित गर्दै समाजले १ लाख ९६ हजार रुपैयाँ सकलन गरेको थियो ।


संकलित रकम समाजका उपाध्यक्ष रबि लामा र सह–सचिव दिनेश पाठकको नेतृत्वमा सप्तरी जिल्लाको तिरुहत गाउँपालिका–२ का बाढी पीडितहरुलाई राहत स्वरूप जस्तापाता वितरण गरेका छन् ।

समाजका उपाध्यक्ष रबि लामाले स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा संस्थाले जस्तापाता वितरण गरेको बताए । स्थानीय जनप्रतिनिधिको सल्लाह अनुसार गरिब,विपन्न निमुखा परिवारलाई प्राथमिकतामा राखेर राहत वितरण गरेको उनले जानकारी दिए ।


बाढी पीडित लगत्तै राहत वितरण गर्न चाहेको भएपनि कोरियाली चाडपर्व लगत्तै नेपालको चाडपर्व र निर्वाचनले गर्दा लक्षित समयमै पीडितको हातमा राहत समयमा नै पुर्याउन नसकिएकोप्रति समाजका अध्यक्ष अंशुबर्मा लिम्बूले क्षमायाचना गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्