१६५ प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कुन दलले कति सिट जिते ? (सूचीसहित)



२७ मंसिर, काठमाडौं ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रत्यक्ष तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ। एमालेले १६५ मध्ये ८० सिटमा जित हात पारेको छ। दोश्रो पार्टी भने नेकपा माओवादी केन्द्र भएको छ। उसले ३६ सिटमा जित हात पारेको छ।

समग्रमा प्रत्यक्ष तर्फ एमालेले ४९ प्रतिशत सिट जितेको छ। माओवादीले २२ प्रतिशत सिटमा जित हात पारेको छ। २०७० को निर्वाचनमा पहिलो भएको नेपाली कांग्रेस प्रत्यक्षतर्फ तेश्रो बनेको छ। उसले २३ सिटमा जित हात पारेको छ। अर्थात् उसले १४ प्रतिशत सिटमा जित हात पारेको हो। राजपाले ११ र संघीय फोरमले १० सिट जितेका छन्। राजपाले ७ र फोरमले ६ प्रतिशत सिट जितेका छन्। अन्य दलले ५ सिट जितेका छन्। अर्थात् २ प्रतिशत मत प्राप्त गरेका छन्। अन्य दल भित्र नयाँ शक्ति पार्टी, नेपालका १, नेपाल मजदूर किसान पार्टीका १, राष्ट्रिय जनमोर्चाका १ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ प्रतिनिधि तथा स्वतन्त्र १ निर्वाचित भएका छन्।

निर्वाचनमा वाम गठबन्धनले १ सय १६ सिट जितेको छ। निर्वाचनमा एमालेले ६० प्रतिशत सिटमा उम्मेद्वारी दिएको थियो भने माओवादीले ४० प्रतिशत सिटमा उम्मेद्वार उठाएको थियो। तर एमालेले प्रत्यक्षमा ६९ प्रतिशत सिट जितेको छ भने माओवादीले ३१ प्रतिशत सिटमा जित हात पारेको छ।

१ सय ६५ निर्वाचन क्षेत्र मध्ये प्रतिनिधिसभातर्फ ६ सिटमा महिला निर्वाचित भएका छन्। प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एमाले १६८, माओवादी केन्द्र, ७३, नेपाली कांग्रेसका ४१, संघीय समाजवादी फोरम, नेपालका २४, राष्ट्रिय जनता पार्टी, नेपालका १६, स्वतन्त्र ३, नयाँ शक्ति पार्टी नेपालका २, राष्ट्रिय जनमोर्चाका २, नेपाल मजदूर किसान पार्टी १ जना निर्वाचित भएका छन्।

प्रदेशसभातर्फ १७ जना महिला उम्मेदवार विजयी भएका छन्। प्रदेशसभा तर्फ भने एमालेले ५१ प्रतिशत सिटमा जित हात पारेको छ। माओवादीले २२ प्रतिशत, कांग्रेसले १२ प्रतिशत, संघीय फोरम ७ प्रतिशत, राजपाले ५ प्रतिशत र अन्यले २ प्रतिशत सिटमा जित हात पारेका छन्।
प्रतिनिधिसभा र प्रदेशसभामा कुन दलले कहाँबाट जिते (सूचीसहित)

 प्रतिनिधिसभामा प्रत्यक्षतर्फ बिजयी १६५ जना सभासदहरु  !

नेकपा एमालेबाट विजयी हुनेहरु
०१.पवित्रा निरौला (खरेल), झापा – २
०२.जगतबहादुर सुनार (विश्वकर्मा), कास्की – ३
०३.भवानीप्रसाद खापुङ, तेह्रथुम –
०४.प्रेमबहादुर आले, डोटी
०५.विष्णुह प्रसाद पौडेल, रुपन्देही – २
०६.ध्रुवकुमार शाही, सुर्खेत -१
०७.सुवासचन्द्र नेम्वाङ, ईलाम –
०८.खगराज अधिकारी, कास्की – १
०९.नारायण प्रसाद खतिवडा, नुवाकोट – २
१०.घनश्याम खतिवडा, मोरंग -१
११.सोम प्रसाद पाण्डेय, पाल्पा – २
१२.प्रदिप कुमार ज्ञवाली, गुल्मी – १
१३.केदार सिग्देल, तनहुँ – २
१४.शेरबहादुर तामाङ, सिन्धुपाल्चोक – २
१५.सुरेन्द्रप्रसाद पाण्डे, चितवन – १
१६.दलबहादुर राना, पाल्पा – १
१७.छविलाल विश्वकर्मा, रुपन्देही – १
१८.राजेन्द्रकुमार राई, धनकुटा
१९.योगेशकुमार भट्टराई, ताप्लेजुङ
२०.केपी शर्मा ओली, झापा – ५
२१.लालबाबु पण्डित, मोरंग – ६
२२.भुपेन्द्रबहादुर थापा, म्याग्दी
२३.भैरवबहादुर सिंह बझाङ
२४.खेमप्रसाद लोहनी, धादिङ – २
२५.रघुबीर महासेठ, धनुषा – ४
२६.नवराज सिलवाल, ललितपुर – १
२७.कृष्ण प्रसाद दहाल, मकवानपुर – १
२८.लालप्रसाद साँवा लिम्बू , झापा – ४
२९.नारदमुनि राना,कैलाली – ५
३०.हृदयेश त्रिपाठी, नवलपरासी (प्र. ५) – १
३१.गोपालबहादुर बम, मुगू
३२.विशाल भट्टराई खोटाङ
३३.जीवनराम श्रेष्ठो, काठमाण्डौ – ८
३४.गणेशसिंह ठगुन्ना, दार्चुला
३५.यज्ञबहादुर बोगटी, अछाम -२
३६.भानुभक्त ढकाल, मोरंग – ३
३७.गोकर्ण राज, गुल्मी -२
३८.नवराज रावत, सुर्खेत -२
३९.कृष्ण कुमार, तनहुँ -१
४०.पार्वत गुरुङ, दोलखा
४१.धनबहादुर बुढा, डोल्पा
४२.यज्ञराज सुनुवार, ओखलढुंगा
४३.घनश्याम भुसाल, रुपन्देही -३
४४.नरबहादुर धामी, कंचनपुर -२
४५.रविन्द्र राज शर्मा, दैलेख -१
४६.सुर्य प्रसाद पाठक, वाग्लुङ -१
४७.कृष्णगोपाल श्रेष्ठ, काठमाण्डौ -९
४८.हिराचन्द्र के.सी., दाङ -३
४९.पोल्देन छोपाङ गुरुङ्ग, मनाङ
५०,तिलबहादुर महत क्षेत्री, नवलपरासी (प्र. ४) – २
५१.भुमिप्रसाद त्रिपाठी, धादिङ – १
५२.दामोदर भण्डारी, बैतडी
५३. राजेन्द्रप्रसाद गौत्तम, संखुवासभा
५४.कृष्ण लाल महर्जन, ललितपुर – २
५५.बृजेश कुमार गुप्त्, कपिलवस्तु – २
५६.झलनाथ खनाल, ईलाम -१
५७.गणेशकुमार पहाडी, सिन्धुली – १
५८.रविन्द्र प्रसाद अधिकारी, कास्की -२
५९.विरोध खतिवडा, मकवानपुर – २
६०.लालबहादुर थापा, बाजुरा
६१.माधवकुमार नेपाल, काठमाण्डौ -२
६२.मेटमणि चौधरी, दाङ -१
६३.कृष्णभक्त पोख्रेल, चितवन – २
६४.भीमबहादुर रावल, अछाम -१
६५.लिलानाथ श्रेष्ठ, सिराहा -३
६६.बसन्त कुमार नेम्वाङ, पाँचथर -१
६७.पदम गिरी, पर्वत -१
६८.महेश बस्नेत, भक्तपुर -२
६९.रामवीर मानन्धर, काठमाण्डौ -७
७०.कृष्णरबहादुर राई, काठमाण्डौ -३
७१.राजबहादुर बुढाक्षेत्री, दैलेख -२
७२.ईश्वर पोखरेल ईश्वर, काठमाण्डौ -५
७३.जयकुमार राई, सुनसरी -१
७४.प्रेम प्रसाद तुलाचन, मुस्ताङ – १
७५.गोकुल प्रसाद वाँस्कोटा, काभ्रेपलान्चोक – २
७६.नन्द लाल रोकाबाँके – ३
७७.दीपकप्रकाश भट्ट, कञ्चनपुर-३
७८.नारायण प्रसाद मरासिनी, स्याङजा -१
७९ .पद्मा अर्याल स्याङ्जा –२
८० झपटबहादुर रावल कैलाली २

माओवादी केन्द्रबाट विजयीहरू 
०१.कमला रोका, रुकुम (प्र. ५) – १
०२.पम्फा भुसाल, ललितपुर – ३
०३.बीना मगर, कंचनपुर – १
०४.प्रभु साह, रौतहट – ३
०५.रामेश्वररराय यादव, सर्लाही – ३
०६.गौरीशंकर चौधरी, कैलाली – ३
०७.सुदन किराती, भोजपुर – १
०८.अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक – १
०९.सुरेन्द्रकुमार कार्की, झापा – १
१०.जनार्दन शर्मा, रुकुम (प्र. ६) – १
११.दुर्गबहादुर रावत, कालिकोट – १
१२.हरिराज अधिकारी, गोरखा – १
१३.देवेन्द्र पौडेल, वाग्लुङ – २
१४.गिरिराजमणि, पोखरेल, महोत्तरी – १
१५.श्यामकुमार, श्रेष्ठ्, रामेछाप – १
१६.महेश्वुरजंग, गहतराज (अथक) बाँके – १
१७.लेखराज भट्ट, कैलाली – ४
१८.हितबहादुर तामाङ, नुवाकोट – १
१९.सुरेशचन्द्र दास, सिराहा – २
२०.टोपबहादुर रायमाझी, अर्घाखाँची – १
२१.देव प्रसाद गुरुङ, लमजुङ – १
२२.टेकबहादुर बस्नेत, सल्यान – १
२३.शिवकुमार मंडल, केवट मोरंग – ५
२४.हरिवोलप्रसाद गजुरेल, सिन्धुली – २
२५.अमनलाल मोदी मोरंग – ४
२६.गंगाबहादुर तामाङ, काभ्रेपलान्चोक – १
२७.वर्षमान पुन, रोल्पा – १
२८.हेमकुमार राई, सोलुखुम्बु – १
२९.गजेन्द्रबहादुर महत, जुम्ला – १
३०.मातृकाप्रसाद यादव, धनुषा – १
३१.पुष्पकमल दाहाल, प्रचण्ड चितवन – ३
३२.सन्तकुमार थारु, बर्दिया – २
३३.चक्रपाणी खनाल, कपिलवस्तु –
३४.सुरेशकुमार राई, उदयपुर – २
३५.कृष्णकबहादुर महरा, दाङ – २
३६.शक्तिबहादुर बस्नेत, जाजरकोट
३७.छक्क बहादुर लामा (माओवादी नेता हुन, स्वतन्त्र उठेर जितेपछी पुन पार्टीमा फर्किने बताईसकेका छ्न।)

नेपाली काग्रेसबाट विजयी हुनेहरु

१.मोहम्मद आफताब आलम, रौतहट – २
२.गगनकुमार थापा, काठमाण्डौ – ४
३.नारायण खड्का, उदयपुर – १
४.भिमसेनदास प्रधान, काठमाण्डौ – ६
५.मोहन आचार्य, रसुवा – १
६.राजेन्द्रकुमार केसी, काठमाण्डौ – १०
७.प्रकाशमान सिंह, काठमाण्डौ – १
८.शशांक कोइराला, नवलपरासी (प्र. ४) – १
९.देवप्रसाद तिमलसेना, रौतहट – ४
१०.संजय कुमार गौतम, बर्दिया – १
११.प्रदिप गिरी, सिराहा – १
१२.देवेन्द्ररराज कंडेल, नवलपरासी (प्र. ५) – २
१३.ज्ञानेन्द्रबहादुर कार्की, सुनसरी – ४
१४.मिनेन्द्रप्रसाद रिजाल, मोरंग – २
१५.तेजुलाल चौधरी, सप्तरी – ४
१६.शेरबहादुर देउवा, डेलधुरा – १
१७.प्रमोदकुमार यादव, रुपन्देही – ४
१८.सिताराम महतो, सुनसरी – २
१९.भरतकुमार शाहा, रुपन्देही – ५
२०.उमाकान्त चौधरी, बारा – १
२१.अभिषेकप्रताप शाह, कपिलवस्तु – ३
२२.विजयकुमार गच्छदार, सुनिरी-३
२३.अमरेशकुमार सिह सर्लाही -४

संघीय समाजवादी फोरम नेपालबाट विजयी हुनेहरु
०१.डा. सूर्यनारायण यादव, सप्तरी – १
०२.रामवावु कुमार यादव, बारा – ३
०३.प्रदिप यादव, पर्सा – १
०४.हरिनारायण प्रसाद रौनियार , पर्सा – ३
०५.उमाशंकर अरगरिया, धनुषा – २
०६.यादव रामसहायप्रसाद यादव, बारा -२
०७.सुरेन्‍द्र कुमार यादव, महोत्तरी – ४
०८.बिमल प्रसाद श्रीवास्तव, पर्सा – २
०९,उपेन्द्र यादव, सप्तरी -२
१०.मोहम्मद ईश्तियाक राई, बाँके -२

राजपाबाट विजयी हुनेहरु
०१.अनिल कुमार झा, रौतहट -१
०२.प्रमोद साह, सर्लाही -१
०३.राजेन्द्र महतो, धनुषा -३
०४.लक्ष्मण लाल कर्ण, पर्सा – ४
०५.महिन्द्र राय यादव, सर्लाही – २
०६.चन्द्रकान्त चौधरी, सप्तरी – ३
०७.महन्थ ठाकुर, महोत्तरी – ३
०८.शरत सिंह भण्डारी, महोत्तरी – २
०९.राजकिशोर यादव, सिराहा – ४
१०.एक‍वाल मियाँ, बारा – ४
११.रेशमलाल चौधरी, कैलाली -१

नयाँ शक्ति
१ डा.बाबुराम भट्टरार्इ, गोरखा–२

राप्रपा 
१ राजेन्द्र लिङ्देन, झापा–३

राजमो
१. दुर्गा पौडेल, प्यूठान

नेमकिपा 
१.प्रेम सुवाल, भक्तपुर–१

 

प्रतिक्रिया दिनुहोस्