जितको खुसी साटन घर दैलोमा सांसदद्धय श्रेष्ठ र पौडेल (फोटोफिचर)



२९ मंसिर, रामेछाप ।  निर्वाचनमा विजयी भएपछि बाम गठबन्धनबाट रामेछापको प्रतिनिधिसभामा विजयी भएका श्यामकुमार श्रेष्ठ र प्रदेशसभा क्षेत्र नम्बर १ का सांसद एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल विजयीको खुसी साटन जनताको घरदैलोमा पुगेका छन् ।
निर्वाचनमा गरेको चुनावी प्रतिबद्धता अनुसार नै काम गर्ने पनि जनतालाहरुले आग्रह गरेका छन् । जनताले विश्वास गरेर मत दिएकाले धन्यवाद दिन जनताको घर दैलोमा नै पुगेर धन्यवाद दिएको विजयी सांसद श्यामकुमार श्रेष्ठले बताए । ‘हामीले निर्वाचनमा जनताको बीचमा जे प्रतिबद्धता व्यक्त गरेका छौ, सोही प्रतिबद्धता अनुसार नै काम गछौं, पाँच बर्षभित्र समृद्धि रामेछाप निर्माणको प्रत्याभूति दिलाउछौ’, उनले भने ।
विजयीको खुसीयालीमा सञ्चालन गरेको मतदातालाई धन्यवाद अभियान तीन दिनदेखि जारी छ । रामेछाप प्रदेश सभा क्षेत्र नम्बर १ बाट विजयी भएका सांसद शान्ति पौडेलले जनताको विश्वास अनुसार नै आगामी दिनमा समृद्ध रामेछाप निर्माणमा जुटने बताए । रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ मा भने पुस १ गतेबाट विजयी सभा सुरु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्