केपी शर्मा ओलीलाई महानायक राजेश हमालको दिए यस्तो सुझाव



 पुस, भक्तपुर । वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएकोमा महानायक राजेश हमालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाइ दिएका छन् । हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउन ओलीलाई शुभकामना दिएका छन् ।

शनिबार ओली निवास बालकोट पुगेर हमालले राष्ट्रियताको अडानले आम नेपालीहरु उत्साहित भएको बताए ।

जवाफमा एमाले अध्यक्ष ओलीले देश र जनताले आफूलाई गरेको विश्वास दिएको जिम्मेवारीबाट विमुख नहुने बताए । ‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु’ उनले भने, ‘देश र जनताका निम्ती मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन ।’

महानायक हमालसँगको भेटमा ओलीले चलचित्र हिरोहरुले चलचित्रमा अभिनय मात्र होइन, देश बनाउन भूमिका निवार्ह गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्