विजयी सांसदलाई रामेछापको गाउँगाउँमा भव्य स्वागत (फोटोफिचर)



२ पुस, रामेछाप ।
रामेछापको एक प्रतिनिधि सभा र दुई प्रदेश सभामा नै बाम गठबन्धनले विजयी हासिल गरेपछि अहिले गाउँगाउँमा मतदातालाई धन्यवाद दिन व्यस्त छन् । गाउँगाउँमा मतदातालाई बधाई दिदै खुसी साटन पुगेका विजयी सांसदहरुलाई स्थानीयले भव्य स्वागत गरेका छन् ।
रामेछापको प्रतिनिधि सभा सदस्यको रुपमा विजयी भएका नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठ, रामेछाप प्रदेश सभा क्षेत्र नम्बर २ बाट प्रदेश सभा सदस्य नेकपा एमालेका नेता कैलाश ढुंगेल मतदातासँग खुसी साटासाट गर्न व्यस्त भएका छन् ।
रामेछापको प्रदेश सभा क्षेत्र नम्बर २ मा शनिवारबाट सुरु भएको चुनावी विजयी सभा जारी रहेको छ । आइतवार बाम गठबन्धनले सुनापति गाउँपालिका–५ खनियापानीको भिरकोट, सुनापति गाउँपालिकाको केन्द्र समेत रहेको हिलेदेवी, सुनापति गाउँपालिकाकै दिमीपोखरीको पानी ट्याङकीमा विजयी सभा सम्पन्न गरेको छ । विजयी सभालाई बाम गठबन्धनका नेता र सांसदद्धय श्रेष्ठ र ढुंगेलले सम्बोधन गरेका थिए ।

यस्तो देखियो बाम गठबन्धनको विजयी सभा (फोटोफिचर)

 

 

 

प्रतिक्रिया दिनुहोस्