समानुपातिकमा कुन दलले कति सिट पाए ? (सूचीसहित)



२ पुस, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ छ । जस अनुसार ३१ लाख ७३ हजार ४९४ मत सहित एमाले पहिलो दल बनेको छ ।दोस्रो दल कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । एमालेले कांग्रेस भन्दा ४५ हजार १०५ मत बढी पाएको छ । माओवादीले १३ लाख ३ हजार ७२१ मत पाएको छ ।

राजपाले ४ लाख ७२ हजार २५४ र संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत पाएका छन् ।विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३६३ र राप्रपाले १ लाख ९६ हजार ७८२ मत पाएका छन् । राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७, नयाँ शक्तिले ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत पाएका छन् ।

कुन दललाई कति सिट ?

प्रतिनिधिसभाको समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड छ । कुल सदर मतको ३ प्रतिशत अर्थात २ दाख ८६ हजार ३४२ मत नपाएका दलहरुले समानुपातिक सिट पाउने छैनन् ।यदि यही मतलाई अन्तिम अन्तिम रुप दिइयो भने समानुपातिकमा पाँच दलले मात्र सिट पाउनेछन् । एमालेले ४१ सिट पाउँदा कांग्रेसले ४० सिट पाउनेछ ।

माओवादी केन्द्रले १७ सिट पाउने देखिन्छ भने राजपा र फोरमले समान ६/६ सिट पाउनेछन् ।प्रतिनिधिसभामा ठूला ५ दल मात्र राष्ट्रिय पार्टी बन्न सफल भएका छन् । एमाले सबैभन्दा ठूलो दल बनेको छ । प्रत्यक्षतर्फ ८० (दुई स्वतन्त्रसहित) सिट जितेको एमालेले समानुपातिकमा ४१ सिट पाउँदा कुल १२१ सिटसहित पहिलो दल बन्नेछ ।प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेस ६३ सिटसहित दोस्रो र प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी ५३ सिटसहित तेस्रो दल बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्