शिक्षालाई गुणस्तरीय बनाउन कृष्णपुरी माविमा जोडियो इन्टरनेट



३ पुस,रामेछाप ।
विज्ञान र प्रविधि अनुसारको शिक्षा प्रदान गर्ने उदेश्यले सुनापति गाउँपालिका–५ खनियापानीस्थित रुपाकोटको कृष्णपुरी माविमा इन्टरनेट जडान गरिएको छ । प्रविधिको बारेमा विद्यार्थीहरुलाई धेरै ज्ञान प्रदान गर्ने उदेश्यले विद्यालयले इन्टरनेट जडान गरेको हो । एनटिएको ५ सय १२ केविसिएसको इन्टरनेट मर्कनटाइल रामेछापका प्राविधिक युवराज सुवेदी र बिमल पौडेलले विद्यालयमा जडान गरिदिएपछि विद्यालयमा खुसी छाएको छ ।

विद्यालयका प्रअ रोमन लामाले अबको डेढ महिनाभित्र नै थप इन्टरनेट जडान र २४ वटा सिसि क्यामेरा जडानको तयारीमा रहेको जानकारी दिए । उनका अनुसार सिसि क्यामेरा जडानको लागि सहयोग दाताहरुसँग आर्थिक संकलनको काम भइरहेको छ । परिवर्तित समय अनुसार विद्यार्थीहरुलाई प्रविधियुक्त शिक्षा प्रदान गर्नको लागि इन्टरनेट अपरिहार्य भएको बताउदै प्रअ लामाले विद्यालयसँग पर्याप्त बजेट नहुँदा सहयोगको लागि अपिल गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्