काभ्रेमा मोटरसाइकल चोर्ने रामेछापमा पक्राउ



३ पुस, रामेछाप ।
काभ्रेको मंगलटारबाट मोटरसाइकल चोर्ने व्यक्ति रामेछापको लुभुमा पक्राउ परेका छन् । काभ्रेसको मगंलटारबाट बा ३९ प ४३३२ नम्बरको मोटरसाइकल चोरर भाग्ने क्रममा सिन्धुली घर बताउने सुमन तामाङ पक्राउ परेका छन् ।

काभ्रे मंगलटारका प्रकाशमल्लाको मोटरसाइकल चोरर भाग्ने क्रममा लुभुघाटमा रहेको प्रहरीले चेकिङ गर्दा लामा पक्राउ परका छन् । प्रहरी चौकी लुभुबाट पक्राउ परेका लामालाई काभ्रेसको इलाका प्रहरी कार्यालय मंगलटारमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्