सरकारले फेरि बढायो पेट्रोलिय पदार्थको भाउ
४ पुस, काठमाडौं ।
सरकारले एक साता नवित्दै पुनः पेट्रोलिय पदार्थको मृल्यबुद्धि गरेको छ । नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक/एकका दरले मूल्यवृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइत जानकारी दिए ।
पछिल्लो मूल्यवृद्धिसँगै अब प्रतिलिटर पेट्रोलको रु १०१ तथा डिजेल र मट्टीतेलको रु ७८ मूल्य कायम हुनेछ । पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै स्वचालित मूल्य प्रणालीअनुरुप मूल्य समायोजन गरिएको आयल निगमले दावी गरेको छ ।