रामेछापमा २३ उम्मेदवार जसले जमानत जोगाउन सकेनन (सूचीसहित)



५ पुस, रामेछाप ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रामेछापमा २३ जना उम्मेदवारको जमानत जफल एको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापको अनुसार निर्वाचनमा उम्मेदवार दिएका २३ जना उम्मेदवारको जमानत जफल भएको हो । निर्वाचनमा कूल खसेको सदर मतको १० प्रतिशत भन्दा कम मत प्राप्त गरेका उम्मेदवारहरुको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिल प्रसादउपाध्यायले रामेछाप न्युजलाई जानकारी दिए ।

रामेछापमा एक प्रतिनिधिसभा सदस्यका लागि १२ र प्रदेशसभा अन्र्तगतको क मा ८ र प्रदेशसभा ख अन्र्तगत एक स्वतन्त्र सहित ९ गरी २९ जनाको उम्मेदवारी परेको थियो । जसमा नेकपा एमाले , नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका बाहेक अरु सवै दलका उम्मेदवारको जमानत जफत भएको छ । नेपाली कांग्रेसबाटप्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका पूर्ण बहादुर तामाङ कान्छाराम , प्रदेश सभाका लागि रामेछापको क्षेत्र नम्बर १ का उम्मेदवार रत्न बहादुर कार्की र प्रदेश सभाका लागि रामेछापको क्षेत्र नम्बर २ का उम्मेदवार जीत बहादुर मगरको जमानत जोगिएको छ ।
जमानत जोगाउन नसक्नेमा प्रतिनिधिसभा तर्फका संघिय समाजवादी फोरम नेपालका अमृत बहादुर सुनुवार , नयाँशक्ति पार्टी नेपालका कोमलबहादुर मगर , देशभक्त जनगणतान्त्रिक मोर्चाका गणेश बहादुर खड्गी नेवा , राष्ट्रिय समाजवदाी पार्टी नेपालका दिलकुमार थापा मगर रहेका छन् ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी ( माले ) का मोहन कार्की , राष्ट्रिय जनता पार्टीका रितामाया कार्की , लिवरल डेमोक्रेटिक पार्टीका विजय कुमार गोले , एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका समशेर बहादुर बस्नेत , नेपाल दलित पार्टीका शम्भु नेपाली , मंगोल नेपाल अग्रनाइजेशनका शान्त कुमार मगरको जमानत जफत भएको छ ।

प्रदेश सभाका लागि रामेछापको क्षेत्र नम्बर क का उम्मेदवारहरु मंगोल नेपाल अग्रनाइजेशनका कमल दर्लामी मगर , जनसमाजवादी पार्टी नेपालका प्रताप तामाङ , संघिय समाजवादी फोरम नेपालका प्रेम बहादुर तामाङ , नयाँशक्ति पार्टी नेपालका मनप्रसाद सुनुवारले जमानत जोगाउन नसकेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी प्रदेश सभाका लागि रामेछापको क्षेत्र नम्बर क तर्फकै तामसालिङ लोकतान्त्रिक पार्टीका राजकुमार तामाङ , देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका लांघाली मगरको जमानत जफत भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्