किन नापिदै छ सगरमाथाको उचाइ ?



५ पुस, काठमाडौं । विश्वको सबै भन्दा अग्लो सगरमाथाको उचाइ नापिने भएको छ । नेपालले पहिलोपटक आफ्नै खर्चमा दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गर्ने भएको हो ।

यसभन्दा पहिले छिमेकी मुलुक भारत र चीनका विभिन्न कम्पनीले सगरमाथाको उचाइ मापन गरेपनि नेपालले सरकारीस्तरबाट पहिलोपटक मापन गर्न लागेको हो ।

सगरमाथाको आधिकारिक उचाइ सर्वे अफ इण्डियाको १९५४ को मापन आठ हजार ८४८ मिटरलाई मान्दै आएको छ ।

नापी विभागले १२ वटा बिन्दु बनाएर सगरमाथाको मापन गर्न लागेको बताएको छ । विभागका महानिर्देशक गणेशप्रसाद भट्टले सगरमाथाको उचाइ मापनका लागि समुद्र सतहदेखि गर्नुपर्ने भएकाले समुद्रदेखि भारतीय भू–भाग भारत र चिनियाँ भू–भागका लागि चीन सरकारलाई मापन गर्न अनुरोध गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्