अब विद्यार्थीहरुलाई किताब हेरेरै परीक्षा दिने व्यवस्था !



५ पुस, काठमाडौं ।

निजी र सार्वजनिक विद्यालयको शैक्षिक स्तर समान बनाउन बर्षमा दुई पटक मुल्याङ्कन गर्ने व्यवस्था गर्न उच्च स्तरीय शिक्षा आयोगले गठन गरेको विज्ञ समूहले सुझाव दिएको छ । स्थानीय सरकारमार्फत विद्यार्थीको ज्ञान, सीप, अभिबृद्धि र क्षमताको मुल्याङकन गर्ने पद्धतिको विकास गर्न समूहले सिफारिस गरेको हो । विज्ञ समूहले परीक्षा मर्यादित बनाउन किताब हेरेरै परीक्षा दिने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।

शिक्षाविद् प्रा. विद्यानाथ कोइरालाको संयोजकत्वमा गठन भएको विज्ञ समूहले यस्तो मुल्याङकनको आधारमा कमजोर विद्यालयले आफ्ना विद्यार्थीको शैक्षिक स्तर उकास्न ध्यान दिनुपर्ने सुझाव दिएको छ ।

सुरेशराज शर्मा, सुसन आचार्य, बासुदेव काफ्ले, प्रेमनारायाण अर्याल, टंकनाथ शर्मा, विनय कुशियत, युवराज संगौला, लेखनाथ शर्मा, मिनबहादुर बिष्ट, पशुपति रेग्मी, धुव्रराज थापा र शिक्षा मन्त्रालयका सहसचिव हरिप्रसाद लम्साल सदस्य रहेको समूहले दिएको प्रतिवेदनको आधारमा आयोग र कार्यदलले सरकारलाई प्रतिवेदन बुझाउने छ ।
विज्ञको प्रतिवेदनमा भनिएको छ, ‘निश्चित उत्तर आउने अहिलेको प्रश्न बनाउने परिपाटी बदलेर व्यवहार, सिद्धान्त, दर्शन र अनुभव मिसाई उत्तर दिनुपर्ने प्रश्नपत्रहरु लागु गरिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्