बन्ने भो रामेछापमा रोकिएको ११९ खानेपानी योजना



७ पुस, रामेछाप ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणको कारण रामेछापमा रोकिएको ११९ वटा खानेपानी योजना निर्माणको कार्म अगाडि बढने भएको छ । सयमा नै प्राधिकरणले अख्तियारी नदिएपछि खानेपानी विभागले जिल्लामा सञ्चालित उक्त खानेपानी योजना रोक्न खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई पत्राचार गरेको थियो ।

भुकम्पको कारण क्षतिगस्त भएका खानेपानी योजना मर्मत र निर्माण गर्नको लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणले १३१ वटा खानेपानी योजना छनोट गरेर निर्माण कार्य सुरु गरेको थियो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट निर्माण कार्य अगाडि बढेको १३१ खानेपानी योजना मध्ये यस बीचमा १२ वटा खानेपानी योजना भने सम्पन्न भइसकेको छ । गत बर्ष ती योजनाको लागि प्राधिकरणले ४ करोड ४६ लाख रुपैयाँ प्रदान गरेको थियो ।

खनेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापका प्रमुख लोकबहादुर चौलागाईले बजेटको अभावमा रोकिएको योजना सञ्चालन गर्न बजेट प्राप्त भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘भुकम्पको कारण प्रभावित भएका योजना सम्पन्न गर्न ३० करोड रुपैयाँ लाग्छ, अहिले विभागले ३ करोड ६० लाख रुपैयाँको अख्तियार दिएको छ, बाँकी बजेट माग गर्छौ ।’
खानेपानीको मुहान नहुँदा अहिले ती क्षेत्रहरुमा सुनकोसी, तामाकोसी लगायतका नदी र खोलाबाट लिफ्ट सिस्टम मार्फत खानेपानीका योजनाहरु सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्