सुुनकोसी–३ जलविद्युत आयोजनाको काम धमाधम, यस्तो छ आयोजनास्थल (भिडियोसहित)



८ पुस, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिका–४ बेथानस्थित दोभनटारमा निर्माण हुने सुनकोसी–३ जलविद्युत आयोजना निर्माणको लागि अध्ययनको काम धमाधम अगाडि बढेको छ । नौ महिना अघि विद्युत विकास विभागले परामर्शदाता छनोट गरेर काम अगाडि बढाएको हो । ५ सय मेगावाटको सुनकोसी–३ जलविद्युत आयोजनास्थल सुनापति गाउँपालिका र तिमाल गाउँपालिकाको सीमाना दोभनटारमा बन्ने भएको छ । आयोजनास्थल दुवैतिर ठूला चट्टाने पहरो भएको कारणले पनि लागत कम लाग्ने अनुमान गरिएको छ ।


जलविद्युत आयोजनाको अध्ययन गर्ने काम पाएको इन्भारोमेन्ट एण्ड रिसोर्स मेनेज्मेन्ट कन्सल्टेन्स (इआरएमसी) कम्पनीले समयमा नैसम्पन्न गर्ने गरी काम अगाडि बढाइरहेको बताएको । इआरएमसी कम्पनीका कार्यकारी निर्देशक उद्धवराज चौलागाईले रामेछाप न्युजसँग भने,‘अध्ययनको काम धमाधम भइरहेको छ, अहिले सात वटा प्राविधिक टोलीले आयोजनास्थलदेखि डुबान क्षेत्र लगायतको काम गरिरहेका छ ।’ सुनकोसी तेस्रो जलविद्युत आयोजना निर्माणको लागि यस अघि नै जाइकाले अध्ययन गरेको यिथो ।
त्यति बेलाको अध्ययन अनुसार सुनकोसी तेस्रो जलाशययुक्त आयोजनाबाट ५ सय ५६ मेगावाट जलविद्युत उत्पादन गर्न सकिने रिपोर्ट रहेको छ । हाल इआरएमसी कम्पनीले जाइकाको रिपोर्टलाई पनि आधार मानेर अध्ययन गरिरहेको छ । पछिल्लो रिपोट अनुसार ५ सय मेगावाट मात्र विद्युत उत्पादन हुने बताइएको छ । यद्यपी कति मेगावटाको बारेमा अन्तिम रिपोर्ट भने आउन बाँकी रहेको छ ।
कार्यकारी निर्देशक चौलागाईले रामेछाप न्युजसँग भने,‘दुई बर्षभित्र प्रारम्भिव अध्ययनको काम सकिन्छ, तीस महिनाभित्र अध्ययनको काम सम्पन्न गरिसक्छौ ।’ प्रारम्भिक अध्ययन अनुसार सुनकोसी–३ जलविद्युत आयोजनको ड्याम १ सय ६० मिटरको हुनेछ ।

यस्तो छ आयोजनास्थल (भिडियोसहित)

प्रतिक्रिया दिनुहोस्