रामेछापका सांसदलाई खाँडादेवी गाउँपालिकाको पकरवासमा भव्य स्वागत (फोटोफिचर)



८ पुस, रामेछाप ।
रामेछापबाट प्रतिनिधि सभा र प्रदेश सभाबाट नवनिर्वाचित सांसदहरुलाई खाँडादेवी गाउँपालिकाको पकरवासमा स्थानीयले भव्य स्वागत गरेका छन् । बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित सांसद श्यामकुमार श्रेष्ठ, प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कैलाश ढुंगेल र प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद शान्ति पौडेललाई स्थानीयले भव्य स्वागत गरेका हुन् । जनताले नवनिर्वाचित सांसदलाई निर्वाचन अघि गरेको प्रतिबद्धता कार्यान्वयन गर्न पनि माग गरेका छन् ।
खाँडादेवी गाउँपालिका–५ पकरवासको फुल्पा भिमसेनस्थानमा आयोजित मतदातालाई धन्यवाद ज्ञापन तथा विजयी उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सांसद श्याकुमार श्रेष्ठले निर्वाचन अघि जनतासमक्ष गरेको प्रतिबद्धता अनुसार नै काम गर्ने बताए । उनले भने,‘जनताले दिएको जनादेश अनुसार नै हामी काम गरेर देखाउछौ, जनताको मतलाई खेर जान दिदैनौ ।’
कार्यक्रममा प्रदेश नम्बर २ का सांसद कैलाश ढुंगेलले खाँडादेवी गाउँपालिका सहित रामेछाप जिल्लाभरी रहेका खानेपानीको समस्यालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले समृद्ध रामेछाप निर्माणको लागि आफू प्रतिबद्धत भएर काम गर्ने विश्वास व्यक्त गरे ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका रामेछाप प्रदेश नम्बर १ का सांसद शान्ति पौडेलले रामेछापको विकासको लागि उर्जा, कृषि र पर्यटनलाई आधार बनाएर योजनाबद्ध रुपमा विकास निर्माणको कामको थालनी गर्ने बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता टंकलाल घिसिङ ‘टकल’, नेकपा एमालेका नेता ज्ञानकुमार श्रेष्ठ, लगायतको सहभागीता रहेको थियो ।

खाँडादेवी गाउँपालिकाको पकरवासमा भव्य स्वागत (फोटोफिचर) 

 

प्रतिक्रिया दिनुहोस्