यी हुन प्रदेश नम्बर ३ बाट समानुपातिकबाट सांसद बन्नेहरु (सूचीसहित)



९ पुस, काठमाडौं ।
निर्वाचन आयोगले समानुपातिक तर्फको सिट बाँडफाँड गरेसँगै राजनीतिक दलहरुको तर्फबाट प्रदेश नम्बर ३ बाट सांसद बन्नेहरुको सूची सार्वजनिक भएको छ । ४४ सिट समानुपातिक सिट रहेको ३ नम्बर प्रदेशमा राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको बन्द सूचि अनुसार नै सांसद बन्ने प्रावधान राखिएकाले समानुपातिकबाट सांसद बन्नेहरुको सूची सार्वजनिक भएको हो ।
को–को बन्दै छन ३ नम्बर प्रदेशबाट समानुपातिकबाट सांसद ? (सूचिसहित)

प्रदेश ३ : समानुपातिक सिट ४४

जनजाति (५३.१७%)
खसआर्य (३७.०९%)
दलित (५.८४%)
थारू (१.६६%)
मधेसी (१.५७%)
मुस्लिम (०.६७%)

एमाले : १६
जनजाति : ८
जुनेलीमाया श्रेष्ठ (मकवानपुर), सरस्वती बाटी (भक्तपुर), शान्ति थिङ (रसुवा), देवकी श्रेष्ठ (धनकुटा), इन्द्रमाया गुरुङ (सिन्धुपाल्चोक), सीता लामा (काठमाडौं), आशामाया तामाङ (नुवाकोट) र बेलीमैया घले (काठमाडौं)

खसआर्य : ७
रचना खड्का (दोलखा),मनु सिग्देल (मकवानपुर), सरस्वती बस्नेत (दोलखा), गोमा भुर्तेल (काभ्रे), मीना ज्ञवाली (अर्घाखाँची), पार्वती सिलवाल (चितवन) र कमला पराजुली (झापा)

दलित : १
मैना अछामी सार्की (ललितपुर)

कांग्रेस : १४
जनजाति : ८
मिलन श्रेष्ठ (काठमाडौं), राजेन्द्र गुरुङ (काठमाडौं), न्हुच्छेनारायण श्रेष्ठ (काठमाडौं), शन्तबहादुर प्रजा (मकवानपुर), राधा घले (काठमाडौं), जीवन डंगोल (काठमाडौं), विजया श्रेष्ठ केसी (डोटी) र रजनी जोन्छे (भक्तपुर)

खसआर्य : ६
राजाराम कार्की (धादिङ), बलराम पौडेल (चितवन), भीमसेन खत्री (काठमाडौं), सीता वाग्ले (चितवन), बिजुला बर्मा (सिन्धुली), विनु रायमाझी पौडेल (चितवन)

माओवादी : ८

जनजाति : ४
दिनेश महर्जन (ललितपुर), आङदेन्डी लामा (काठमाडौं), हिमाली गोले (दोलखा) र प्रतिमा श्रेष्ठ (सिन्धुली)

खसआर्य : ४
झंक पराजुली (सिन्धुपाल्चोक), सीता अधिकारी (चितवन), भावना सुवेदी (रोल्पा), कञ्चन खनाल (चितवन)

प्रतिक्रिया दिनुहोस्