दोरम्बा गाउँपालिकामा पूर्व वडा अध्यक्षको हत्या



१० पुस, रामेछाप ।
रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–१ डडुवा थापागाउँमा पूर्व वडा अध्यक्षको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले प्रारम्भिव अध्ययन अनुसार पूर्व वडा अध्यक्ष बाबुराम तामाङको हत्या भएको बताएको हो ।

दोरम्बा गाउँपालिका–१ को थापागाउँमा हत्या गरी ढुंगाले थिचेर राखिएको अवस्थामा तामाङको शव फेला परेको इलाका प्रहरी कार्यालय टोकरपुरले बताएको छ ।
४८ बर्षीय तामाङ २०५४ सालमा वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनको हत्या कसले गरेको भन्ने बारे अहिलेसम्म कुनै जानकारी प्राप्त गर्न सकिएको छैन । यस बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर १ डडुवा थापा गाउँमा तामाङको शव हत्या गरेको अस्थामा सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिए । घटनास्थल साविसकको डडुवा गाविसका वडा नं १ मा पर्दछ ।
मृतक तामाङलाई आइतबार राति हत्या गरी ढुंगाले थिचेर राखेको हुन सक्ने थापाले बताए । हत्याको बारेमा अनुसन्धान सुरु भइसकेको बताउदै उनले तामाङको पोष्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान आगाडि बढाइने बताए ।

स्थनीयका अनुसार मृतक तामाङ आईतबार राती साथीहरुसंग तास खेल्न बसेका थिए । ४८ वर्षका तामाङ २०५४ सालमा डडुवा गाविस २ नं वडाको वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । तामाङको शवलाई पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम मन्थलीतर्फ लगिएको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्