तामाङको हत्यामा संलग्न दोषी छिट्टै पक्राउ पर्छः डिएपी ढुंगेल



१० पुस, रामेछाप ।
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–१ डडुवाको थापागाउँमा पूर्व वडा अध्यक्ष बाबुराम तामाङको हत्यारा छिट्टै पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी कुमोद ढुंगेलले बताएका छन् ।

उनले रामेछाप न्युजसँग भने,‘अपराधिक घटनाको दोषी अहिलेसम्म सबै पक्राउ परेका छन, तामाङको हत्यामा संलग्न व्यक्ति पनि छिट्टै पक्राउ पर्छन ।‘ डिएसपी ढुंगेलले अपराधमा संलग्न व्यक्ति जहाँबाट भएपनि पक्राउ गरिने बताए । ‘तामाङको हत्यामा संलग्न अपराधी पनि कानुको नजरबाटउ फुत्किन सक्दैन, प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

मृतक तामाङलाई आइतबार राति हत्या गरी ढुंगाले थिचेर राखेको अवस्थामा फेला परेको थियो । मृतक तामाङ आईतबार राती साथीहरुसंग तास खेल्न बसेका थिए । ४८ वर्षका तामाङ २०५४ सालमा डडुवा गाविस २ नं वडाको वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्