पुष्पलाल र गंगालाललाई सम्झिदै रामेछापका तीन सांसदले गरे तीन प्रतिबद्धता



१० पुस, रामेछाप ।
रामेछापबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित सासदहरुले रामेछाप नगरपालिकाको भंगेरीमा रहेको शहीद पुष्पलाल र गंगालाको शालिक मा माल्यापर्ण गर्दै समृद्ध रामेछाप निर्माण गर्ने प्रतिबद्धता गरेका छन् ।

रामेछापबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्यामकुमार श्रेष्ठ, रामेछाप प्रदेश सभा क्षेत्र नम्बर ‘क’ बाट निर्वाचित सांसद शान्ति पौडेल र रामेछाप प्रदेश सभा क्षेत्र नम्बर ‘ख’ बाट निर्वाचित सांसद कैलाश ढुंगेलले रामेछाप जिल्लालाई कम्युनिष्टहरुको अध्ययन केन्द्रको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।


निर्वाचनमा बाम गठबन्धनको तर्फबाट तीन वटै सिटमा विजयी हासिल गरेपछि सोमवार रामेछाप नगरपालिकामा आयोजित विजयी सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठले रामेछापलाई कम्युनिष्ट अध्ययन केन्द्रको रुपमा विकास गर्ने बताए । उनले भने,‘समृद्ध रामेछाप निर्माण गर्न मन बचन र कर्मबाट काम गछौ, जनताको जनादेश अनुसार नै अगाडि बढछौ ।’
कार्यक्रममा रामेछापका प्रदेश सभा ‘क’ का सांसद शान्ति पौडेलले तीनलालको जिल्ला रामेछापलाई जनताले मत दिएर लालकिल्लाको रुपमा वैधानिक रुपमा रुपान्तरण गरेको बताए । त्यसैगरी रामेछाप प्रदेश सभा ‘ख’ का सांसद कैलाश ढुंगेलले तीनलालले देखाएको सपना पूरा गर्ने लक्ष्य सहित बाम गठबन्धन अगाडि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्