रामेछापको पाँच गाउँपालिकामा बैंक, कुन गाउँपालिकामा बैंकको शाखा ? (सूचीसहित)



११ पुस, रामेछाप ।
प्रत्येक स्थानीय र गाउँपालिकामा एउटा बंैकका शाखा सञ्चालन गर्ने सरकारको निर्देशन अनुसार रामेछाप जिल्लाको पाँच वटा गाउँपालिकामा बंैकका शाखा स्थापना हुने भएको छ ।

सरकारले देशभरका स्थानीय तहमा बैकको शाखा स्थापना गर्ने नीति अनुसार रामेछापको ६ वटा मध्ये पाँच वटा गाउँपालिकामा बंैकका शाखा विस्ता हुनेभएको छ । राष्ट्र बंैकको निर्देशन अनुसार विभिन्न बैकहरुले शाखा विस्तार गर्न तयार भएका हुन् । रामेछापको दोरम्बा गाउँपालिका, खाँडादेवी गाउँपालिका, लिखु गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्ड गाउँपालिकामा बैकको शाखा विस्तार हुने भएको छ ।
रामेछापको सुनापति गाउँपालिकामा भने कुन बैकको शाखा स्थापना हुने अझै टुंगो लागेको छैन् । जिल्लाको मन्थली नगरपालिका र रामेछाप नगरपालिकामा यस अघि नै बंैक सञ्चालनमा रहेका छन् । जिल्लामा पाँच वटा वैकका शाखा स्थापना हुने भएसँगै रामेछापमा बैकको संख्या १४ पुगेको छ । मन्थलीमा मात्र करिब ८ वटा भन्दा बढी बैक सञ्चालनमा रहेका छन् ।
कुन गाउँपालिकामा कुन वैक ? (सूचीसहित)

प्रतिक्रिया दिनुहोस्