ज्यानमाराको छोरो भन्दा बाबुरामको ज्यान गयो, तामाङका हत्यामा संलग्न घिसिङ पक्राउ



१३ पुस, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिका–१ डडुवा थापागाउँका पूर्व वडा अध्यक्ष बाबुराम तामाङको हत्यामा संलग्न दोरम्बा गाउँपालिका–१ का च्याङवा भन्ने कुमार घिसिङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले साविक डडुवा गाविस हाल दोरम्बा गाउँपालिका १ का घिसिङलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाको नेतृत्वमा खटिएको टोलीले हिजो रामेछापको मन्थली नगरपालिका–१४ फुसालसीबाट प्रक्राउ गरिएको थियो । घटनामा संलग्न भएको आशकामा प्रहरीले स्थानीय ११ जनालाई पक्राउ गरेको थियो । प्रहरी निरीक्षक थापाले अनुसन्धानको लागि ल्याएको ११ जनालाई तारेखमा छोडिएको रामेछाप न्युजलाई जानकारी दिए ।

उनले भने,‘द्धन्द्धकालिन घटनाको निहुमा बाबुराम तामाङको हत्या गरेको अभियुक्त कुमार घिसिङले स्वीकार गरेका छन् ।’ मृतक तामाङलाई आइतबार राति हत्या गरी ढुंगाले थिचेर राखेको अवस्थामा फेला परेको थियो । ४८ वर्षका तामाङ २०५४ सालमा डडुवा गाविस २ नं वडाको वडा अध्यक्ष पदमा निर्वा्चित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्