यी हुन बाबुराम तामाङको हत्या गर्ने च्याङवा भनिन कुमार घिसिङ



१३ पुस, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापलिे गत पुस ९ गते आइतबार रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका– १ डडुवाका ४८ बर्षिय बाबुराम तामाङको हत्या गर्ने अभियुक्तलाई सार्वजनिक गरेको छ ।


प्रहरीले बिहिबार पत्रकार सम्मेलन गरी हत्यारा अभियुत्त सार्वजनिक गरिएको हो । हत्यामा संलग्न दोरम्बा गाउँपालिका १ डडुवाका च्याङवा भनिने कुमार घिसिङलाई पहरीले सार्वजनिक गरेको हो । हत्या भए लगत्तै रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाको नेत्तृत्वमा गएको प्रहरी टोलीले हत्या गर्ने तामाङलाई पुस १२ गते मन्थली नगरपालिका वडा नम्बर १४ फुलासीवाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी कुमोध ढुंगेलले हत्याको कारणबारे थप अनुसन्धान गरिरहेको जानकारी दिउ ।

प्रतिक्रिया दिनुहोस्