रामेछापबाट किन बनेनन प्रदेशसभाबाट समानुपातिक सांसद ?



१४ पुस, रामेछाप ।
नेकपा एमालेले प्रदेश सभाको समानुपातिक तर्फको बन्द सूचिमा रामेछापका पार्टी सचिव आनन्द श्रेष्ठको नाम समावेश गरेपनि सांसद बन्ने सूचीमा पर्न सकेनन् । विहिवार बसेको एमाले स्थायी कमिटीको बैठकले प्रदेश सभाकोको ७५ जना समानुपातिक सांसदको टुंगो लगाएको छ ।
तर रामेछापको तर्फबाट समानुपातिक सूचिमा रहेका श्रेष्ठको नाम समावेश हुन सकेन । प्रदेश सभाबाट समानुपातिक सांसद छनोट गर्दा ३३ प्रतिशत महिलाको अनिवार्य सहभागीता गराउनु पर्ने बाँध्यतको कारण सम्भावना भएर पनि श्रेष्ठ समानुपातिकबाट सांसद हुन सकेनन् ।
समानुपातिकको पुरुष तर्फ श्रेष्ठको नाम ४ नम्बरमा राखिएको थियो । एमालेबाट प्रदेशसभाको निर्वाचनमा रामेछापको दुई वटै निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ । रामेछाप प्रदेशसभा ‘क’बाट एमालेका जिल्ला अध्यक्ष समेत रहेका शान्ति पौडेल र रामेछाप प्रदेशसभा ‘ख’बाट कैलाश ढुंगेल प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्