रामेछापबाट श्रेष्ठ र गुरुङ किन सांसद बनेनन ?



१४ पुस, रामेछाप ।
प्रदेशसभामा रामेछापबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट समानुपातिक तर्फ सिफारिस भएका उम्मेदवारहरु सांसद बन्ने सूचीमा परेनन् । प्रत्यक्षतर्फ रामेछापको प्रतिनिधिसभा र प्रदेशसभा तीन वटै निर्वाचन क्षेत्रमा जित हासिल गरेको बाम गबन्धनले समानुपातिक तर्फ भने सांसद पाउन सकेन । रामेछापबाट एमालेले जिल्ला सचिव आनन्द श्रेष्ठलाई प्रदेश सभाबाट समानुपातिक तर्फको बन्द सूचीमा राखेको थियो भने नेकपा माओवादी केन्द्रले पूर्व सभासद लक्ष्मी गुरुङलाई समानुपातिक तर्फको बन्द सूचीमा राखेको थियो ।


तर रामेछापको दुई वटै प्रदेशबाट सिफारिस भएका श्रेष्ठ र गुरुङ दुवै जना प्रदेशसभाको सांसद बन्न सकेनन् । समानुपातिक सांसद छनोट गर्दा पहिलो नम्बरमा रहेकाहरुबाट सिफारिस गर्ने नीति अनुसार दुवै जना सांसद बन्न नसकेको बताइएको छ ।
रामेछापबाट सिफिारिस भएका दुवै जना समानुपातिकबाट सांसद बन्न नसकेपनि दोलखाबाट समानुपातिकमा सिफारिस हिमाली गोले सांसद बनेकी छिन् । गोलेको कार्यक्षेत्र दोलखा भएपनि घर भने सुनापति गाउँपालिका रामेछाप हो ।

 

प्रतिक्रिया दिनुहोस्